१०६ किलोमिटर लामो रेलमार्गको ठेक्का रद्द « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

१०६ किलोमिटर लामो रेलमार्गको ठेक्का रद्द



काठमाडौं । काँकडभिट्टा–इनरुवा १०६ किलोमिटर लामो रेलमार्गको ट्र्याक बेड निर्माणको ठेक्का रद्द गरिएको छ । कोरोना महामारी र जग्गा प्राप्ति तथा ‘साइट क्लिरेन्स’ तत्काल हुन नसक्ने भएकाले विभागले ठेक्का रद्द गरेको हो ।

कानून र लोखा शाखा तथा बोलपत्र मूल्यांकन समितिको रायविपरीत जान नसक्ने भएपछि विभागले मंगलबार सूचना प्रकाशित गरी बोलपत्र रद्द गरको जनाएको छ ।

बोलपत्र मूल्यांकन समिति र रेल विभागका कानून तथा लेखा शाखालगायतले बोलपत्र सकार्न नसकिने राय लेखेर महानिर्देशक समक्ष सिफारि गरेका छन् । यसअघि ३३ अर्ब ३४ करोड रुपैयाँको ठेक्कामा पूर्वतयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । १०६ किलोमिटर लम्बाईको ट्र्याक बेड निर्माणलाई सिमित ९१० ठेकेदार मात्र सहभागी हुन पाउने गरी ५४ टुक्रा पारिएको थियो ।


प्रतिक्रिया दिनुहोस्