स्थानीय तह मोबाइल ‘एप’ सञ्चालन, एपबाटै रकम भुक्तानी गर्न मिल्ने « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

स्थानीय तह मोबाइल ‘एप’ सञ्चालन, एपबाटै रकम भुक्तानी गर्न मिल्ने



काठमाडौं । सरकारले स्थानीय तहबाट प्रदान गरिने सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको स्थानीय तहको मोबाइल ‘एप’ प्रयोगमा ल्याएको छ ।

विशेषता

‘स्थानीय तहको एप’ मा स्थानीय तहका प्रदान गरिने सेवा, कार्यक्रम, परियोजना, ऐन, नियम, वडाहरूको विवरण, महत्वपूर्ण स्थान परिचय, आपतकालीन नम्बर, सुझाव तथा गुनासो पेश गर्न, समस्या दर्ता गर्न, जनमत जाहेर गर्न र दाहोरो संवाद गर्न सकिने, कोभिड–१९ का सूचना प्रवाह गर्ने लगायतका विशेषता रहेका छन ।

यसअघि ४३३ स्थानीय तहले आफ्नो गाउँ तथा नगरको नामबाट प्रयोगमा ल्याइएका मोवाइल ‘एप्लिकेशन’को ठाउँमा एउटै ‘एप’बाट सुविधा लिन सकिने सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताए । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’ प्रयोगकर्ताले ‘एप स्टोर’बाट ‘डाउनलोड’ गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्