शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्न राष्ट्रको निर्देशन « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्न राष्ट्रको निर्देशन



काठमाडौं । शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण पालना गर्नुपर्ने मर्यादाका विषयमा नयाँ खालको निर्देशन जारी गरेको हो ।

मंगलबार एकीकृत निर्देशन जारी गर्दै सञ्चालकले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्थामा नयाँ बुँदा थप्दै सञ्चालकको पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्न निर्देशन दिएको छ । यसअघि २०७६ मा जारी गरिएको एकीकृत निर्देशनमा यस्तो व्यवस्था थिएन ।


प्रतिक्रिया दिनुहोस्