कर तिर्ने समय थप्न उद्योगी व्यवसायीको माग, महामारीमा निरंकुश बनेको आरोप « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

कर तिर्ने समय थप्न उद्योगी व्यवसायीको माग, महामारीमा निरंकुश बनेको आरोप



काठमाडौं । सरकारले २५ गतेभित्र कर तिर्न उिद्योगी व्यवसायीलाई निर्देशन दिएको छ । तर उद्यागी व्यवसायीहरुले कर तिर्ने समय थप गर्न माग गरेका छन् ।

लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसाय चौपट भएको र कर तिर्न जान पनि समस्या भएकाले उद्योगी व्यवसायीले भाका सार्न माग गरेका हुन् । तर आन्तरिक राजश्व विभागले भने साउन महिनाको भ्याट र अन्तस्शुल्क भदौ २५ गते बिहिबारसम्म बुझाउनै पर्ने अडान लिएको छ ।

सरकारले लकडाउन र निषेधाज्ञा लगाउने कर पनि तिर्न भनेकालो समस्या भएको ब्यापारी तथा उद्योगीहरुले गुनासो गरेका छन् । महामारीको समयमा यस्तो बाध्य गराउनु आफै निरंकुश बन्न खोजेको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्