साईकल किन्ने पैसा छैन भने नविल बैंकले लोन दिने « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

साईकल किन्ने पैसा छैन भने नविल बैंकले लोन दिने



काठमाडौं । यदि तपाईसंग साइकल किन्न पैसा छैन भने अव चिन्ता नगर्नुहोस् । नविल बैंकले तपाईलाई साकईल किनिदिने भएको छ । नविलक बैंकले साईकल किन्नको लागि लोन दिने भएको छ ।

लकडाउनका कारण घरमै बस्दा स्वास्थको लागि ब्यायाम गर्न नपाएकाले साईकिलीङ गरेर स्वास्थ्य तन्दरुस्त बनाउनको लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।
तर यो योजना प्राप्त गर्नको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य हुनु पर्ने छ ।

यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्याज पनि लाग्ने छैन । उनकाअनुसार साइकलको मूल्यलाई १८ महिनामा भाग लगाएर सोही अनुसार मासिक किस्ता तिर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्