फुटपाथ व्यापारमा प्रतिबन्ध लगाउन सीडीओलाई काठमाडौं महानगरको पत्र « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

फुटपाथ व्यापारमा प्रतिबन्ध लगाउन सीडीओलाई काठमाडौं महानगरको पत्र



काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्र लेखी फुटपाथ तथा ठेला व्यापारमा पूर्ण प्रतिबन्ध लगाउन पुनः निषेधाज्ञाको आदेश जारी गर्न आग्रह गरेकी छन् ।

यसअघि काठमाडौं उपत्यकाको निषेधाज्ञामा बन्द गरिएको फुटपाथ तथा ठेलाको ब्यापार भदौ २४ गतेदेखि भने खुला गरिएको थियो । उपप्रमुख खड्गीले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने बताएकी छन् ।


प्रतिक्रिया दिनुहोस्