‘ट्राभलर्स च्वाइस अवार्ड’ बुद्ध एयरले पायो « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

‘ट्राभलर्स च्वाइस अवार्ड’ बुद्ध एयरले पायो



काठमाडौं । बुद्ध एयरलाईन्सले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाएको छ । नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो हिस्सा भएको निजी क्षेत्रको बुद्ध एयरले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाएको हो ।
अमेरिकामा रहेको ट्राभल वेबसाइट कम्पनी ट्रिपएडभाइजरले प्रत्येक वर्ष वायुसेवा कम्पनीलाई वितरण गर्दै आएको अवार्ड अन्तरगत सन् २०२० को अवार्ड बुद्धले पाएको हो ।

विदेशीहरुले यात्रा गर्नुअघि र गरेपछि दिएको प्रतिक्रिया तथा कमेन्टका आधारमा एयरलाइन्सहरुलाई अवार्ड दिने गर्छ । पर्वतीय क्षेत्रमा गएका विदेशी पर्यटकले गरेको कमेन्टका आधारमा ट्रिपएडभाइजरले ४ दशमलव ५ स्टार पाएको बुद्ध एयरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्