सवारी पास समेत नक्कली बनाउने पक्राउ « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

सवारी पास समेत नक्कली बनाउने पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी )ले विदेशमा अलपत्र परि उद्दार मार्फत नेपाल आएका नागरीकहरुलाई होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (पास) किर्ते गर्ने ब्यक्तिलाइ नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गोर्खा आरुघाट गाउपालीका १० घरभइ काठमाडौं महानगरपालिका २६ बस्ने २७ बर्षका बिश्व प्रकाश पनेरु छन् । उनलाइ सिआईवीको टोलीले टोखा नगरपालिका( ७ तिलिंगेटारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पनेरू पानस ब्याङ्क्वेट होल्डीङ सेन्टरमा नेपाल टेलिकमको सिम बितरण गर्न खटिएका डिलर प्रतिनिधि हुन् । उनले कोभिड १९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाण्डौबाट जारी गरीएको विदेशमा अलपत्र परी उद्दार गरीएका यात्रुहरुलाई आआफ्नो घर ठेगानामा पठाउनका लागी होल्डीङ सेन्टरबाट दिईने सवारी अनुमती पत्र (सवारी पास) किर्ते सहिछाप गरी सर्बसाधारण व्यक्तिहरुलाई प्रति थान रु दुई हजार मा बिक्रि बितरण गर्दै आएका थिए ।

उनलाइ सिआइवीको टालीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंज पठाईएको छ । उनको साथबाट कोभिड(१९ संकट व्यबस्थापन संचालन केन्द्र, छाउनी काठमाण्डौबाट जारी गरीएको सही छाप गरेको पास (१ थान ,सही छाप नगरेको पास (१ थान गरि दुइवटा नक्कली पास बरामद गरेको सिआइवीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्