तरकारीले बजार नपाउँदा सस्तो मूल्यमै बेच्न बाध्य, किसान मर्कामा « Arthapath.com
२८ भाद्र २०७७, आईतवार

तरकारीले बजार नपाउँदा सस्तो मूल्यमै बेच्न बाध्य, किसान मर्कामा



काठमाडौं । तरकारीले बजार नपाउँदा तरकारी व्यापारीहरु मर्कामा परेका छन् । अहिले स्थानिय स्थरमा उत्पादन भईरहेको तरकारीले बजार नपाएको गुनासो किसानले गरिरहेका छन् । उनीहरुको तरकारी बारिमा नै कुहिएर खेर जान थालेको छ । बाँकेका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएले उनीहरु समस्यामा छन् ।

बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको कोहलपुरका किसान लक्ष्य खड्काले बताए । निषेधाज्ञाका कारण उनले बजारमा तरकारी पुर्याउन सकेका छैनन् ।

यो सिजनमा बाँकेमा १ हजार ७ सय ५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि पटकपटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको प्रमुख ढकाल बताउँछन ।


प्रतिक्रिया दिनुहोस्