नेपालको कूल ऋण १३ खर्व ७२ अर्व, प्रत्येक नेपालीको थाप्लोमा ४५ हजार बढि

काठमाडौं । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्व ७२ अर्व लाघेको छ । चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ, बाह्य ऋण ७ खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।
यो ऋणलाई हेर्ने हो भने नेपालको कूल जनसङ्ख्या ३ करोड ८२ हजार ८ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउने गर्दछ ।