प्रचण्डका घरवेटीको पक्षमा अदालतको आदेश,ठेकदारविरुद्धको कारबाही रोक्नु « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

प्रचण्डका घरवेटीको पक्षमा अदालतको आदेश,ठेकदारविरुद्धको कारबाही रोक्नु



काठमाडौं । सम्झौताअनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने २ ठेकदारबिरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा आदेश जारी गरेको हो ।

‘दुवै कम्पनीलाई भदौ २१ मा गरिएको कारबाही तथा उक्त कारबाही कार्यान्वनय गर्न २२ मा पठाइएको पत्र तत्काल कार्यन्वयन नगर्नू नगराउनू,’ अदालतको आदेशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्