अन्तत पुराभयाे वामदेवकाे सांसद बन्ने सपना, सरकारकाे प्रवक्तामा ज्ञवाली, कुलमानकाे इन्ट्री भएन « Arthapath.com
२९ भाद्र २०७७, सोमबार

अन्तत पुराभयाे वामदेवकाे सांसद बन्ने सपना, सरकारकाे प्रवक्तामा ज्ञवाली, कुलमानकाे इन्ट्री भएन



काठमाडाैं । अन्तत साेमबार साँझ बसेकाे मन्त्रीपरिषद बैठकले १ सिट बाँकी रहेकाे राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनाेनित गर्ने निर्णय गरेकाे हाे । सरकारकाे सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभामन रिक्त १ पदमा गाैतमलाई मनाेनित गर्नेछ ।

त्यसैगरी सरकारकाे प्रवक्तामा परराष्ट्रमन्त्रीसमेत रहेका प्रदिप ज्ञवालीलाई ताेकिएकाे छ । ६ महिनाअघिदेखि रिक्त रहेकाे राष्ट्रियसभाले बल्ल पुर्णता पाएकाे छ ।

सरकारलेे नेपाल विद्दुत प्राधिकरणकाे कार्यकारी निर्देशकमा हिजाेदेखी विदा भएका कुलमान घिसिङलाई भने पुर्ननियुक्ति गरेन । घिसिङकाे ४ वर्षे कार्यकाल अाइतबार सकिएकाेे थियाे । कुलमानकाे नियुक्तिबारे चर्चा भएपनि सरकारले कुनै निर्णय गरेन ।


प्रतिक्रिया दिनुहोस्