देशमै पहिलो पटक चट्टान र सुरुङ विषयको पढाइ सुरु « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

देशमै पहिलो पटक चट्टान र सुरुङ विषयको पढाइ सुरु



काठमाडौं । देशमानै पहिलो पटक त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा चट्टान तथा सुरुङ एण्ड टनेल इञ्जिनियरिङको पढाइ सुरु भएको छ ।


देशमा आवश्यक सुरुङ इञ्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ सुरु गरिएको कम्पसले जनाएको छ ।
देशमा नै पहिलोपटक ३ जना महिलासहित २० जना विद्यार्थी छनोट गरी अध्यापन सुरु गरिएको क्याम्पस प्रमुख इििञ्जनियर रामप्रसाद पौडेलले बताए ।

सिभिल इििञ्जनियरिङमा स्नातक पास भई इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा उत्तीर्ण १०० मध्यबाट ‘मेरिट लिष्ट’का आधारमा सिट क्षमताअनुसार उनीहरुको छनोटगरिएको छ ।
अहिले कोरोना महामारीमा पनिसोमबारदेखि भर्चुअल विधिबाट अध्ययन अध्यापन सुरु गरिएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्