डा. खतिवडा बने मन्त्रीकै हैसियतको विशेष आर्थिक सल्लाहकार, रु १ र २ का सिक्कामा नयाँ नक्सा समेटिने « Arthapath.com
३० भाद्र २०७७, मंगलवार

डा. खतिवडा बने मन्त्रीकै हैसियतको विशेष आर्थिक सल्लाहकार, रु १ र २ का सिक्कामा नयाँ नक्सा समेटिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई बिशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन । सरकारले यही भदौ २० गते अर्थमन्त्रीको पदावधी सकिएका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन ।

खतिवडा मन्त्रीकै पोर्टफोलियोमा रहनैगरी सल्लाहकार बनेका छन । खतिवडालाई प्रधानमन्त्री ओलीले पुर्न राष्ट्रियसभा सदस्य बनाउन खोजेका थिए । तर पार्टीभित्र उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य लैजान दवाव बढेपछि ओलीले खतिवडालाई मन्त्रीकै हैसियतको सल्लाहकार बनाएका छन ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पुर्व सचिव लालशंकर घिमिरे रहेका छन । तर खतिवडालाई उनभन्दा माथी रहनेगरी नियुक्त गरिएको सरकारको प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताए ।

सोमबारको मन्त्रीपरिषदको बैठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँका नयाँ सिक्कामा नेपालको नयाँ नक्सा समेटेर प्रचलनमा ल्याउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्