दोब्बर मूल्य लिने प्याज ब्यापारी पक्राउ, ४८ मा किनेको प्याज १२० रुपैयाँमा बेच्दै « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

दोब्बर मूल्य लिने प्याज ब्यापारी पक्राउ, ४८ मा किनेको प्याज १२० रुपैयाँमा बेच्दै



काठमाडौं । ४८ रुपैयाँमा किनेको प्याज १२० रुपैयाँमा बिक्री गर्ने बल्खु तरकारी बजारका एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ ।

बुधबार बिहान काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गर्ने क्रममा उनीहरुले बढि मूल्य लिएको पाएकाले पक्राउ गरेको जनाएको छ । २ वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ ।

अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ । ६ जना प्याज व्यापारीलाई कागज पत्र लिएर विभागमा आउन सूचना दिएको छ ।

प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य १ सयदेखि १ सय १० सम्म लिएको उजुरी आएपछि विभागले ३ वटा खुद्रा पसल र ३ वटा थोक पसलका व्यापारीलाई कागज पत्रसहित विभागमा आउन आदेश दिएको छ ।


प्रतिक्रिया दिनुहोस्