नारायणी नदिमा डुङ्गा पल्टिँदा ६ जना पौडी खेलेर बाँच्न सफल, १ जना वेपत्ता « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

नारायणी नदिमा डुङ्गा पल्टिँदा ६ जना पौडी खेलेर बाँच्न सफल, १ जना वेपत्ता



काठमाडौं । नेपालमा डुङ्गा पल्टिदा एक जना वेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) स्थित नारायणी नदीमा डुङ्गा पल्टिँदा ६ जना पौडी खेलेर बाँच्न सफल भएका छन् भने एक जना वेपत्ता भएका हुन् ।

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाटदेखि इँटा लोड गरी सुस्ता गाउँतर्फ जाँदै गरेको ७ जना सवार डुङ्गा बुधबार बिहान सुस्ता पुग्नै लाग्दा अचानक पल्टिएको प्रहरीले जनाएको छ ।

अहिले प्रहरी र स्थानीयवासीले संयुक्त रुपमा खोजी गरिरहेका छन् । बेपत्ता हुनेमा भारतको महाराजगञ्जका २८ वर्षीय पतरु मुसहर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्