प्रधानमन्त्री पत्नी राधिका मार्फत प्राधिकरणमा होला त हितेन्द्रदेव शाक्यको इन्ट्री ? « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

प्रधानमन्त्री पत्नी राधिका मार्फत प्राधिकरणमा होला त हितेन्द्रदेव शाक्यको इन्ट्री ?



काठमाडौं । मंगलबार गहभरी आँसुसहित नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विदाइ भए । ४ वर्षे कार्यकाल सकाएर विदा एका घिसिङको विदाइमा कोरोनाको वावजुत पनि धेरै कर्मचारी जुटेका थिए ।

कुलमानलाई प्राधिकरणबाट विदा दिन बालुवाटारले केही आरोप लगाएको छ । मिडियामा अनावश्यक प्रचार गरेको र आफुलेमात्रै गरेको भन्ने भ्रम फैलाएको बालुवाटारको बुझाई घिसिङले चिर्न सकेनन ।

उर्जामन्त्रीले प्रधानमन्त्रीको ग्रिन सिग्नल नपाई कुलमानको पुर्ननियुक्तीको प्रश्ताव मन्त्रीपरिषदमा लैजान सकेनन । विगत १ वर्षअघिदेखीनै बालुवाटार कुलमानको संबन्ध टाढिइसकेको थियो ।

होला हितेन्द्रदेवको इन्ट्री ?
प्राधिकरणकै बरिष्ठ निर्देशक रहेका हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत बालुवाटारमा हिमचिम बढाइरहेको छ । बालुवाटार दाहिना भएपछि हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रमुखमा बाजी मार्ने संभावना छ । प्रमपत्नी शाक्यकै दाजुभाइको नाता लगाउँदै हितेन्द्रदेवले नियुक्ती पाउन बेर छैन ।

मंगलबार उर्जा मन्त्रालयले प्राधिकरणको निमित्त कार्यकारी निर्दशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । प्राधिकरणकै वरिष्ठ निर्देशक हितेन्द्रदेव शाक्यलाई लैजना लविङ भैरकेको छ ।


प्रतिक्रिया दिनुहोस्