स्वास्थ्य बीमा बोर्डमा थप २ सदस्य नियुक्त « Arthapath.com
३१ भाद्र २०७७, बुधबार

स्वास्थ्य बीमा बोर्डमा थप २ सदस्य नियुक्त



काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा दुई जना सदस्य थप नियुक्ति गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको संंयोजकतामा बसेको मन्त्रिस्तरीय बैठकले सदस्यमा डा. सुरेश तिवारी र चन्द्र थापा नियुक्त गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले एकै पटक २ जना सदस्य पाएको छ भने कार्यकाल ४ वर्षका लागि तोकिएको छ । थापा बीमितको तर्फबाट र तिवारी विज्ञ सदस्यमा नियुक्त भएका हुन् । बुधबार दुवै नव नियुक्त सदस्यले पद तथा गोपनियताको सपथ लिदै स्वास्थ्य बीमा बोर्डमा पदभार सम्हाल्न सुरु गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्