सुनको मूल्य ओरालोतिर ९ सयले घट्यो « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सुनको मूल्य ओरालोतिर ९ सयले घट्यो



काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले घटेको छ । बुधबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार घटेर प्रतितोला ९६ हजार ६ सय रूपैयाँमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९७ हजारमा रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ९ सय रुपैयाँ कम अर्थात ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले घटेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात बुधबार १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्