नवलपुरका ३१ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गयो « Arthapath.com
२ आश्विन २०७७, शुक्रबार

नवलपुरका ३१ वर्षीय युवकको कोरोना संक्रमणबाट ज्यान गयो



काठमाडौं । कोरोना भाइरस कोभिड १९ बाट थप १ जनाको मुत्यु भएको छ । नवलपुुरमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवकको निधन भएको हो ।

उनको हिजो राति १२ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

भदौ २५ गते अस्पताल भर्ना भएका उनको स्वाब जाँच गर्दा २६ गते संक्रमण पुष्टि भएको थियो ।
मृगौला र श्वासप्रश्वासको समस्या उनमा रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्