अब विपन्न र बेवारिसे बालबालिकालाई कान्ति बाल अस्पतालले आकस्मिक उपचार सेवा निशुल्क उपलब्ध गराउने « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अब विपन्न र बेवारिसे बालबालिकालाई कान्ति बाल अस्पतालले आकस्मिक उपचार सेवा निशुल्क उपलब्ध गराउने



काठमाडौं । कान्ति बाल अस्पतालले गरिब, विपन्न, साथमा कोही नभएका, तेस्रो व्यक्तिले ल्याएका वा अप्ठ्यारोमा परेका बालबालिकालाई प्रारम्भिक चरणको आकस्मिक उपचार सेवा निस्शुल्क उपलब्ध गराउने एक सुचना निकाल्दै जानकारी दिएको छ ।


निशुल्क सेवाको लागी अस्पतालले आकस्मिक कक्षमा वा टिकट काउन्टर तथा सामाजिक सेवा एकाईमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सेवा लिनका लागी बालबालिकाको अवस्था बताउने कागजातहरु भएमा पेस गर्नुपर्ने समेत अस्पतालले निकालेको सुचनामा बताइएको छ ।
प्रारम्भिक चरणको आकस्मिक सेवाको अवधि १ दिन अथवा २४ घण्टाका लागि मात्र हुने अस्पतालले जनाएको छ ।


सरकारको आर्थिक वर्ष २०७७र७८ को नीति कार्यक्रममा उल्लेख भएको केन्द्रीय अस्पतालमा प्रारम्भिक चरणको आकस्मिक सेवा निस्शुल्क गराउने कार्यविधि अनुसार यस्तो सेवा सुरु गरेको कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्