साझा यातायातको लामो दुरीका गाडीे भोलिबाट चल्ने,भाडा ५० प्रतिशत बढी

भोलि बुधबारबाट साझा यातायातका लामो दुरीका गाडीहरु चल्ने भएका छन्। ।
नेपालीहरुको महान चाड बडा दशैंमा घरजाने यात्रुरुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताएका छन ।
सामाजिक दुरी कायम गरेर अब लामो दुरीका गाडी चलाउने पाण्डेले बताए ।
पाण्डेकाअनुसार जाने र आउने गरी २–२ वटा गाडी छन । गाडीको भाडा नेपाल सरकारले तोकेबमोजिम ५० प्रतिशत बढी हुनेछ।