प्याजमा कालोबजारी गर्नेलाई सरकारको डण्डा, जफत प्याज प्रतिकेजी ६० रुयैयाँमै पाइने « Arthapath.com
७ आश्विन २०७७, बुधबार

प्याजमा कालोबजारी गर्नेलाई सरकारको डण्डा, जफत प्याज प्रतिकेजी ६० रुयैयाँमै पाइने



काठमाडौं । भारतले प्याजमा प्रतिवन्ध लगाएपछि एकाएक बजारमा मूल्य बढेपछि सरकारले सस्तो दरमा नै प्याज बिक्री गर्ने भएको छ । बजारमा व्यवसायीहरुले कृत्रिम अभाव गराएर कालोबजारी गरिहरको बेलामा सरकारले प्रति केजीको मूल्य ६० रुपैयाँमा बिक्री गर्ने भएको हो ।

मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायतको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको छ ।

वाणिज्य विभाग, काठमाडौं महानगरपालिका, प्रहरी र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले भदौ ३१ मा गरेको अनुगमनमा २ सय १९ बोरा प्याज जफत गरेको थियो । सोही प्याज सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँ नबढ्ने गरी बिक्री गर्न आदेश दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सिल गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई प्रतिकिलो ५२ रुपैयाँमा बिक्री गर्ने निर्णय बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्