चीनले सीमा अतिक्रमण गरेको भन्दै दूतावास अगाडि प्रदर्शन « Arthapath.com
७ आश्विन २०७७, बुधबार

चीनले सीमा अतिक्रमण गरेको भन्दै दूतावास अगाडि प्रदर्शन



काठमाडौं । चीनले सीमा अतिक्रमण गरेको भन्दै चिनिया दूतावास अगाडी विरोध प्रदर्शन गरिएको छ । नेपालको हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै दूतावास अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसमेत प्रदर्शन गरिरहेका बेलामा प्रहरीले उनीहरुलाई तितरबितर पारेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्