बाघको छाला र सालकको खपेटासहित पक्राउ « Arthapath.com
७ आश्विन २०७७, बुधबार

बाघको छाला र सालकको खपेटासहित पक्राउ



काठमाडौं । बाघको छाला र सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई विशेष सूचनाका आधारमा मंगलबार साँझ पोखरा महानगरपालिका–३१ बाटप्रहरीले पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरिसकेपछि थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको साथबाट बाघको छाला लम्बाइ आठ तथा चौडाइ तीन फिटको एक थान, सालकको खपेटा लम्बाइ दुई फिट पाँच इन्च र चौडाइ ११ इन्चको एक थान तथा वन्यजन्तुको (बाघ) जस्तो देखिने हाड खुट्टा तथा पञ्चा अन्दाजी तीन किलो ७५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्