७ जना कोरोना संक्रमितको मृत्यु, उपत्यकामा ६३७ जना थपिए « Arthapath.com
७ आश्विन २०७७, बुधबार

७ जना कोरोना संक्रमितको मृत्यु, उपत्यकामा ६३७ जना थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो संगै उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ । काठमाडौंमा १५ हजार १५७, ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा ९ हजार ४४९ जनाको पिसिआर परीक्षण भएको छ । त्यस्तै बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्