गौतमको मुद्दाले प्रचण्ड चिन्तामा, प्रधानमन्त्री ओलीलाई हाइसन्चो « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

गौतमको मुद्दाले प्रचण्ड चिन्तामा, प्रधानमन्त्री ओलीलाई हाइसन्चो



काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डतिर भेटवार्ता भएको छ ।  दुई अध्यक्षबीच सहमति भएमा मन्त्रपरिषद् पुनर्गठनसमेत हुने जनाइएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले सरकारका नयाँलाई अवसर दिने सहमत हुने जनाइएको छ । 

बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठक मन्त्रिमण्डल पुनर्गठन बारे छलफल हुने स्रोतले बताइएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूको कार्यको बारेमा समीक्षा पनि गर्ने बताईएको छ । बिहीबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले केही मन्त्रीहरूलाई ओलीले बिदाइ दिने जनाउ गरेका छन । 

नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई सरकारमा सहभागी गराउने प्रचण्डको योजना तुहिएको छ । संविधानबिनै चुनाव हारेका व्यक्ति मन्त्री बन्न नपाउने व्यवस्था गरेको र उपाध्यक्ष गौतमको मुद्दा रहस्यमय बन्दै गएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरेका छन । 

प्रचण्डले गौतमलाई सरकारमा पठाएर ओलीलाई कमजोर बनाउने रणनिति लिएको बुझेपछि ओलीले गौतमलाई राष्ट्रियसभामा लगेर थन्क्याइदिएका छन । अव गौतम न मन्त्री बन्न पठाउँछन नत उपनिर्वाचन लडेर आएर सरकारमा जाननै । उपनिर्वाचन लडेर आउन गरेको आग्रहलाई नकार्दै प्रचण्डको बुइँ चढेका गौतमलाई ओलीले नराम्ररी थन्क्याएका छन ।  


प्रतिक्रिया दिनुहोस्