दार्चुलाको होटलमा प्रहरीका सई मृत फेला « Arthapath.com
९ आश्विन २०७७, शुक्रबार

दार्चुलाको होटलमा प्रहरीका सई मृत फेला



काठमाडौं । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा नेपाल प्रहरीका एकजना मृत भेटिएका छन् । दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ न बंगाबडाको होटलमा नेपाल प्रहरीका सई मृत फेला भेटिएका हुन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बाससेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार सई रावलको सरुवा इलाका प्रहरी कार्यालय हुतीमा भएको थियो । उनी बाथरुममा लडिरहेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल दार्चुलामा लगिएको थियो । तर डाक्टरहरुले उनलाई मृत घोषणा गरेका थिए । सई रावलको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्