धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना भाइरस संक्रमधराणबाट थप २ जनाको ज्यान गएको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो ।ज्यान गुमाउनेमा सप्तरीको राजविराज ३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी १का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटले बताए ।

भदौ २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ७० वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको हो ।उनलाई निमोनियाका साथै ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो ।उनकोे भदौ २५ गते पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

यस्तै मोरङको कानेपोखरी १ का ५५ वर्षीय पुरुषको बिहीबार राति ८ बजेर ३० मिनेटमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्