बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको महिलाको ज्यान गयो

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमित महिलाको सोमबार ज्यान गएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर २ की ३८ वर्षीया महिलाको आज ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।उनलाई हिजो राती राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज ज्यान गएकोे प्रतिष्ठानले जनाएको छ ।
उनलाई ज्वरोखोकी, श्वासप्रश्वासमा कठिन हुने र नियोनियाको लक्षण रहेको थियो ।