ब्रोइलरलाई मेहन्दी र रङ लगाएर लोकल कुखुरा भन्दै बिक्री गर्ने पक्राउ

काठमाडौं । ब्रोईलर कुखुरालाई मेहन्दी र रङ लगाएर लोकल कुखुरा भन्दै बिक्री गर्ने गिरोहीलाई प्रहरीले पक्राउ गरेको छ । ब्रोइलर चल्लालाई कालो, रातो बनाएर लोकल भन्दै महँगोमा विक्री गर्ने ४ जना पक्राउ परेका छन् । उनीहरु भारतका नागरिक हुन । उनीहरुमाथि अनुसन्धान भैरहेको र दोषि भए कारवाही गरिने छ । लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्ममा विक्री गर्दै आएको खुलेको छ ।
महानगरीय प्रहरी बृत्त कालीमाटीले सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले रङ्ग लगाउन तयारी गरेका २८ हजार ६ सय चल्ला बरामद गरिएको जानकारी दिए। ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्री हुने भएकाले उनीहरुले रङ्ग लगाएर विक्री गर्ने गरेको प्रहरीसमक्ष बताएका छन् ।