मंगलबार थप १५ सय १३ जना कोरोना , १० जनाको ज्यान गयो

काठमाडौं । मंगलबार नेपालमा थप १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा गरिएको जाँचमा १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या ७ सय ७ सय ३१ जना रहेका छन । योसंगै निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ । देशभर २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।