वैदेशिक रोजगार कार्यलयमा कोरोना, काठमाडौंबाट श्रम स्वीकृति बन्द

काठमाडौं । वैदेशिक रोजगार कार्यलयमा कार्यरत कर्मचारीमा कोभिड देखिएपछि श्रम स्वीकुति बन्द भएको छ ।
कार्यालको ताहाचल कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड १९ पुष्टि भएकोले सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए ।
उनले भने ‘एक जना कर्मचारीमा कोरोना पुष्टि भएको छ, अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ’ ‘कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको छ ।