ओलीले वादल र प्रचण्डले बामदेव च्याप्दा मन्त्रीपरिषद विस्तारमा लफडा, दुई अध्यक्षविच भेट हुनै छाड्यो « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

ओलीले वादल र प्रचण्डले बामदेव च्याप्दा मन्त्रीपरिषद विस्तारमा लफडा, दुई अध्यक्षविच भेट हुनै छाड्यो



काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का २ अध्यक्षले दुई सचिवालय सदस्यलाई च्याप्दा मन्त्रीपरिषद विस्तार रोकिएको छ । पटक–पटक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डविच कसकसलाई मन्त्री बनाउने भन्ने विषयलाई लिएर विवादले चरम रुप लिएको छ ।

ओलीले २ सचिवालय सदस्यलाई मन्त्रीबाट हटाउन चाहेका छैनन भने अर्का अध्यक्ष प्रचण्डले सचिवालय सदस्य तथा गृह मन्त्री बादल र रक्षामन्त्री ईश्वर पोखरेललाई हटाउन चाहेका छन । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच १ सातादेखी चलेको घनिभुत छलफल अहिले टुटेको छ ।

प्रचण्डले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई अर्थमन्त्री बनाउन जोडबल गरिरहेका छन । ओली कुनै हालतमा पनि गौतमलाई मन्त्री बनाउन चाँहदैनन् । गौतमलाई कुनैपनि संबैधानिक जिम्मेवारी ददिनु् भनी परेको मुद्धामा सर्वोच्च अदालतले प्रधानन्यायधिसको संयोजकत्वमा इजलाशनै गठन भएको छ ।

ओलीले पुर्व माओवादीबाट मन्त्री बनेका बादल प्रचण्डका विश्वासपात्र हुन । मन्त्री बनेपछि कतिपय मुद्धामा बादल प्रधानमन्त्रीसंग निकट रहदै आएका छन । पार्टी सचिवालय बैठकमा कतिपय बखत बादलले ओलीलाई साथ दिएकाले प्रचण्डले उनलाई हटाउन चाहेका थिए । प्रचण्डले वादललाई हटाएर ओलीबाट टाढा बनाउन चाहेका छन ।

बामदेव गौतम पुर्व एमालेमा छँदा नै प्रचण्ड निकट रहादै आएका थिए । कतिपयले बामदेवलाई एमाले भित्रको माओवादी भनेर भन्दै आएका थिए । मन्त्री बनाउने विषयलाई लिएर दुई अध्यक्षविच बोलचालनै हुन छाडेको छ ।

बुधबार हुने प्रचण्ड र ओलीविचको वार्ता फेरी स्थगित भएको छ । प्रचण्ड बामदेवको मुद्धा मिनिमाइज गरेर मन्त्री पुर्नगठन गर्नुपर्छ भन्ने अडानमा छन भने ओली बामदेवको मुद्धा चल्दाकै बखत सरकार विस्तारको तयारीमा छन । दुई अध्यक्षविच यही कुरा नमिल्दा बैठक स्थगित भयो ।

प्रचण्डको उपाध्यक्ष बामदेव गौतमलाई अर्थसहित उपप्रधानमन्त्री बनाउने अडानले सहमति जुटेको छैन । हरेक दिनजसो छलफल हुँदा पनि दुई अध्यक्षविच कुरा मिल्न सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्