पाँच वर्षपछि रानिपोखरीमा ठडियो गजुर « Arthapath.com
१५ आश्विन २०७७, बिहीबार

पाँच वर्षपछि रानिपोखरीमा ठडियो गजुर



काठमाडौं । पुननिर्माण भईरहेको रानीपोखरीको बालगोपालेश्वर मन्दीरमा गजुर राखिएको छ ।२०७२ सालको विनाहकारी भूकम्पले क्षतिग्रस्त भएको मन्दीरमा बिहीबार गजुर राखिएको हो । मन्दीरमा धार्मिक विधिअनुसार पूजा गरी गजुर स्थापना गरिएको हो ।

२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर कोरोना भाइसका कारण ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिएको हो । निर्माण पुरा भएपछि उद्घाटन पनि राष्ट्रपतिबाटै गराउने योजना छ ।


प्रतिक्रिया दिनुहोस्