यसै हप्ता लकडाउन हुने सम्भावना, सक्रिय संक्रमितको संख्या २२ हजार नजिक « Arthapath.com
१५ आश्विन २०७७, बिहीबार

यसै हप्ता लकडाउन हुने सम्भावना, सक्रिय संक्रमितको संख्या २२ हजार नजिक



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारले कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्ने घोषणा गरेको थियो । सरकारले २५ हजार बढी सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य पूर्वाधारको समस्या हुने भन्दै स्वास्थ्य मन्त्रालयले २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गत बुधबार (असोज ७) नियमित कोरोना अपडेटमा बोल्दै मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय भएको बताएका थिए ।

नेपालमा बुधबारसम्म ७९ हजार ७२८ जना कोरोनाबाट संक्रतिम भएका छन् । मन्त्रालयको वेवसाईटमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५७ हजार ३८९ रहेको छ । त्यस्तै हाल कोरोना सक्रिय रहेको संख्या वेवसाईटको तथ्याङ्मा हेर्दा २१ हजार ८३० रहेका छन् । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ५०९ पुगेको छ । यो तथ्याङ्क हेर्दा कोरोनाले भयावह रुप लिईरहेको छ ।

यसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार पुगेपछि लकडाउन गर्ने घोषणा गरेको छ । २५ हजार सक्रिय कोरोना संक्रमितको संख्या पुग्न ३ हजार १७० जना मात्रै बाँकि रहेको छ । कोरोना भाइरस संक्रमण यसरि नै दुई दिनसम्म बढ्ने हो भने आईतबारदेखि नेपालमा लकडाउन हुने सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्