शुक्रबार हालसम्मकै सर्वाधिक २७ सय २२ जनामा कोरोना, ३३ सय ७ जना निको भए

काठमाडौं । शुक्रबार नेपालमा थप २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा गरिएको जाँचमा २७ सय २२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या ३ हजार ३ सय ७ जना रहेका छन । योसंगै निको हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ । देशभर २१ हजार २ सय ३४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ ।