हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएपनि सक्रिय संक्रमितको संख्या किन घट्यो ? « Arthapath.com
१६ आश्विन २०७७, शुक्रबार

हालसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिएपनि सक्रिय संक्रमितको संख्या किन घट्यो ?



काठमाडौं । शुक्रबार हालसम्मकै सर्वाधिक कोरोना संक्रमितको संख्या थपिएको भएपनि सक्रिय कोरोना संक्रमितको संख्या भने घटेको छ ।

शुक्रबार हालसम्मकै सर्वाधिक २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

तर शुक्रबार सर्वाधिक कोरोना संक्रमित थपिएपनि सक्रिय कोरोना संक्रमितको संख्या घटेको हो । बिहीबार कोरोना सक्रिय रहेको संख्या २१ हजार ८३० रहेको थियो भने त्यो संख्या शुक्रबार घटेको छ । शुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या शुक्रबार घटेर २१ हजार २३४ जना रहेको मन्त्रालयले जनाएको छ । यो तथ्याङ्क हेर्दा नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या घटेको जनाएको छ ।

त्यस्तै शुक्रबार कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ३०७ रहेको छ । यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ६० हजार ६९६ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताए । शुत्रबारसम्म कोरोना संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको गौतमले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्