प्रहरीको कडा एक्सन २ करोड ६० लाखको केराउ बरामद

काठमाडौं । प्रहरीले २ करोड ६० लाख रुपैयाँ बरावरको केराउ बरामद गरेको छ । वीरगंज–१६ इनर्वास्थित गोदामबाट २ करोड ६० लाखको मूल्य बराबरको केराउ बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधबार बिहान छापा मार्दा गोदामबाट ३२ सय ५० क्विन्टल हरियो केराउ भण्डारण गरिएको पाइएको हो ।
भारततर्फ तस्करी गर्न उद्देश्यले गोदाममा भण्डारण गरेको ५० किलोका ६५ सय बोरा केराउ र ट्रयाक्टर नियन्त्रणमा लिएको प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार बाराको परवानीपुर–३ लिपनीको ठेगानामा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटी ट्रेडिङ प्रालिको नाममा रहेको छ ।