कोरोनाले मन्त्रीपरिषद विस्तारपनि रोकियो, नयाँ अर्थमन्त्री दशैंपछि मात्रै ! « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

कोरोनाले मन्त्रीपरिषद विस्तारपनि रोकियो, नयाँ अर्थमन्त्री दशैंपछि मात्रै !



  • प्रधानमन्त्रीको सचिवालयमा कोरोना देखिएपछि सचिवालय बैठक अनिश्चित

काठमाडौं । देश अर्थ र संञ्चारमन्त्री विहिन भएको पनि महिना दिन पुग्नै लाग्यो । गत भदौ २० गते कार्यकाल सकिनुअघिनै अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले राजिनामा गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद विस्तारको योजना बनेको पनि महिना दिन वितिसक्दासमेत विस्तार हुन सकेन । उल्टै शनिबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सल्लाहकारद्वय राजन भट्टराई र सुर्य थापा तथा प्रमुख स्वकिय सचिव इन्द्र भण्डारीलाई कोरोना देखिएपछि प्रधानमन्त्रीले सचिवालय बैठक स्थगित गरेका छन ।

ओलीको सचिवालयमा रहेका सल्लाहकार देखी ६७ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको हो । नेकपाको बैठक रोकिएसंगै मन्त्रीपरिषद विस्तार पनि तत्कालको लागी अनिष्चित बनेको छ ।

कतिपय दशैअघि घर जान लागेका मन्त्रीहरुको भाग्य खुलेको छ । पार्टीमा सबैलाई अवसर दिन प्रधानमन्त्रीले करिव १ दर्जन मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेका थिए । पार्टीले मन्त्रीहरुको नामावली दिने र जिम्मेवारी प्रधानमन्त्रीले दिने यसअघिनै नेकपाको सचिवालयले निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालयका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज ४ बजे बस्ने भनिएको सचिवालय बैठक अनिश्चित बनेको छ । सो निर्णयसंगै नयाँ अर्थमन्त्री कहिले नियुक्त हुन्छन भन्ने अन्यौल छ । अर्थ जस्तो महत्वपुर्ण मन्त्रालय प्रधानमन्त्रीसंगै छ । नयाँ अर्थमन्त्रीको लागी प्रदेश राजधानीसंग मन्त्री साटेका विष्णु पौडेल आउने चर्चा छ । उता अर्थ मन्त्रीमा परराष्ट्रमन्त्री रहेका प्रदिप ज्ञवालीको पनि चर्चा उत्तिकै छ ।

तर पार्टीले नयाँ मन्त्रीहरुको सिफारिस गर्न बस्नुपर्ने सचिवालय बैठकनै कोरोनाले रोकिएपछि सरकार पुर्नगठन अझै अनिश्चत बनेको छ ।


प्रतिक्रिया दिनुहोस्