सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ जना घाइते « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ जना घाइते



काठमाडौं । मकवानपुरको भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक बालकसहित पाँच जना घाइते भएका छन् ।

हेटौँडाबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो आइतबार दिउँसो दुर्घटना हुँदा सुमोमा सवार २ जनाको घटनास्थल मृत्यु भएको हो । टनास्थलमा नै मृत्यु हुनेमा मकवानपुरको साविकको पदमपोखरी गाविस ६ का अन्दाजी २५–२६ वर्षीय भीमलाल थिङ र पासपोर्टमा मकवानपुर ठेगाना उल्लेख भएका राजन राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार झापा जिल्ला जोरपानी गाउँपालिका बस्ने अन्दाजी २५ वर्षीया देवीकुमारी गिरीको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ का २७ वर्षीय सोमबहादुर गुरुङ, हेटौँडा उपमहानगरपालिका ३ का ३० वर्षीय शर्मिला थिङ र रौतहट जिल्लाको रङ्गपुर बस्ने २९ वर्षीय सुजनकुमार काफ्लेको थप उपचारको लागि भरतपुर पठाइएको छ ।

दुर्घटनामा घाइते भएका भीमफेदी गाउँपालिका ४ का सुमो चालक २९ वर्षीय विष्णु मगर चुरेहिल अस्पतालमा र अन्दाजी पाँच वर्षीय बालकको भीमफेदीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बालकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै प्रवक्ता रानाले बालक कसको बच्चा हो भन्ने अझै नखुलेको जानकारी दिनुभयो ।

सुमो सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो । सुमो दुर्घटना भएपछि नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा यात्रुको उद्धारमा जुटेका थिए ।


प्रतिक्रिया दिनुहोस्