बलात्कारको घटना गाउँमै मिलापत्र गर्ने ६ जना पक्राउ « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

बलात्कारको घटना गाउँमै मिलापत्र गर्ने ६ जना पक्राउ



काठमाडौं । बलात्कारको घटना गाउँमै मिलापत्र गरेको आरोपमा ६ जनलाई प्रहरीले पक्राउ गरेको छ । बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झलक दमाई, लालबहादुर बोहरा, धनचढी बोहरा, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा छन् । १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए ।

प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्