अर्थमन्त्री नपाए सुरेन्द्र पाण्डे सरकारमा नजाने, सरकार विस्तारमा ओली प्रचण्डको आ–आफ्नै अडान, आजै ४ बजे नेकपाको सचिवालय बैठक « Arthapath.com
२० आश्विन २०७७, मंगलवार

अर्थमन्त्री नपाए सुरेन्द्र पाण्डे सरकारमा नजाने, सरकार विस्तारमा ओली प्रचण्डको आ–आफ्नै अडान, आजै ४ बजे नेकपाको सचिवालय बैठक



काठमाडौं । अर्थमन्त्री नपाएर नेकपाका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले सरकारमा नजाने जनाउ दिएका छन । सोमबार सांझ एकाएक मन्त्रीपरिषद विस्तारको तयारी भन्दै बालुवाटारबाट खवर बाहिरिए पनि पाण्डेले आफु निकटलाई अर्थमन्त्रालउ बटम लाइन रहेको बताएका छन ।
मन्त्रीपरिषद विस्तार, बुटवलमा बलेको आगो निभाउने लगायतका विषयमा छलफल गर्न नेकपाको सचिवालय बैठक मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं अघि भएका मन्त्री नहटाउने अडानमा रहेका छन भने नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड मन्त्रीहरुको सेटै परिवर्तन गर्ने पक्षमा रहेका छन । आज बस्ने सचिवालय बैठकले सरकारमा खाली रहेको ३ मन्त्रीको टुङ्गो लाग्ने जनाइएको छ । नेकपाका अर्का अध्यक्ष प्रचण्डले अन्य केही मन्त्रीलाई बिदा गरेर नयाँलाई अवसर दिनुपर्नेमा जोड दिँदै आएका छन । हाल खाली रहेको अर्थ, संचार र शहरी विकासमन्त्रीमा कस–कसलाई लैजाने भन्ने चर्चा सुरु भएको छ । बाँकी रहेको ३ मन्त्रीमा प्रधानमन्त्री निकट १, माधव नेपाल निकट १ र प्रचण्डनिकट गरी विस्तार गर्ने तयारी भएको छ ।

खाली रहेका ३ मन्त्री बनाउने उपयुक्त पात्र बालुवाटारले पाएको छैन । अर्थमन्त्री दावी गरेर बसेका नेपालनिकट नेता सुरेन्द्र पाण्डेले अर्थमन्त्री नपाए भौतीक पुर्वाधार तथा यातायात मन्त्रीमा दावी गरेका छन । पाण्डेलाई शहरी विकास मन्त्री बनाउने ओलीको तयारी छ । पाण्डेले आफुभन्दा जुनियरले मालदार मन्त्रालय सम्हालिरहेकाले आफु सानोतिनो मन्त्रालय नलिने संकेत गरिसकेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव रहेका विष्णु पौडेललाई अर्थमन्त्री बनाउने संकेत गरेका छन । प्रदेश ५ को राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने प्रश्ताव पेश भएपछि पौडेलले मन्त्री पदसंग राधजानी साटेको चर्चा छ । पौडेल अर्थमन्त्री बनेर बुटवलका जनातालाई खुसिपार्ने जनाइएको छ ।

उता प्रचण्डनिटक नेता जनार्दन शर्मा प्रभाकारलाई संचार तथा सूचनाप्रविधि मन्त्री बनाउने योजना रहेको छ । शर्माले आफु संचारमन्त्री नखाने जनाउ प्रचण्डलाई दिइसकेका छन । प्रचण्डले गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई हटाएर प्रभाकरलाई गृहमन्त्री बनाउन प्रश्ताव गरेका थिए । प्रधानमन्त्री ओलीले बादललाई नहटाउने संकेत गरेपछि शर्मालाई संचार मन्त्रालय लिन आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्