हास्य कलाकार हरिवंश आचार्य दम्पतीलाई पनि देखियाे कोरोना

काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।
हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।