बामदेवविरुद्ध फेरि अर्काे षड्यन्त्र, दशैंपछि मात्रै मुद्धाको सुनुवाई ! « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

बामदेवविरुद्ध फेरि अर्काे षड्यन्त्र, दशैंपछि मात्रै मुद्धाको सुनुवाई !



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेम गौतमको मुद्धा फेरि सरेको छ । उपाध्यक्ष गौतमको मुद्धा दशैपछि सर्ने संभावना बढेको छ । सर्वाेच्च अदालतका कर्मचारिमा कोरोना भाइरस देखिएपछि उनको मुद्धा दशैँपछि लम्बिने संकेत देखिएको छ ।

यस अघि हेर्दा हेर्दै को अबस्थामा बुधबार (आजका) लागि सो सुनुवाई सारिएको थियो । तर सर्बोच्च अदलातका सबैधानिक ईजालासमा रहेका अधिकांस न्यायाधीशहरु होम आईसोलेसनमा रहेका कारण आज ईजालस तोेकिएन । सर्बोच्चमा आज दुई वटा मात्र ईजालास बस्ने भएको छ ।

गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयबिरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी रहेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वर खतिवडा छन् । सबैधानिक ईजालास सामन्यतय सातामा दुईपटक मात्र बस्ने चलन छ ।

न्यायाधीशहरु होम आईसोलेसनमा रहेकाबीचमा नै अदालतमा दशंैको बिदा शुरु हुन्छ । अदालत ३० असोजबाट बिदा हुने गर्छ । यस हिसाबले गौतमको मुद्धामा यस्तै अवस्था रहे दशै र तिहारका लागि सर्ने निश्चित रहेको छ ।


प्रतिक्रिया दिनुहोस्