कोरोनाको विगविगी, ब्रोकर नम्बर ४५ को कार्यालय शिल « Arthapath.com
२२ आश्विन २०७७, बिहीबार

कोरोनाको विगविगी, ब्रोकर नम्बर ४५ को कार्यालय शिल



काठमाडौं । स्टक ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालिका प्रायः सबै कर्मचारीहरुलाई कोरोना भाईरस देखा परेको छ । कर्मचारिमा कोरोना पोजेटिभ आएपछि कार्यालय आज सिल गरिएको छ ।

स्टक ब्रोकर नम्बर ४५ को मूख्य कार्यालय अनामनगरस्थित मुख्य कार्यालय रहेको छ । त्यहाँबाट प्रवाहित ब्रोकरेज सेवा पनि बन्द भएको जनाएको छ ।

हाल इम्पेरियलका सञ्चालकहरु घरको आइसोलेसनमा र कर्मचारीहरु होटलको क्वारेन्टिनमा रहेको जनाएको छ । ब्रोकरेज सेवा प्रवाहित हुने विषयमा नेप्से र सेबोनमा समेत जानकारी दिईएको छ ।


प्रतिक्रिया दिनुहोस्