सानिमा जनरल इन्स्योरेन्सको आईपिओमा तेस्रो दिन साढे ७ लाख आवेदन

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तेस्रो दिनमा करिव साढे ७ लाखको आवेदन परेको छ । आज अपरान्ह साढे ४ बजेसम्मको तथ्याङ्क अनुसार ७ लाख ४४ हजार जनाले आवेदन दिएको जनाएको छ ।
कूल आवेदन दिएका मध्ये ६ लाख १५ जनाको आवेदन भेरिफाई समेत भइसकेको एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १३ हजार जनाको आवेदन रद्द गरिएको छ ।
कम्पनीले बुधबार (असोज २१ गते) बाट १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको छ । त्यस्तै, ५५ अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।