सिद्धार्थ क्यापिटलको २५ प्रतिशत लाभांश पारित गर्ने « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

सिद्धार्थ क्यापिटलको २५ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले २५ प्रतिशत लाभांश पारित गर्ने भएको छ । कम्पनीको नवौं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने कम्पनीले जनाएको छ ।

कम्पनीले चुक्ता पुँजीबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने छ । नगद लाभांश वितरणमा कम्पनीले ५ करोड रुपैयाँ खर्च गर्न गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०७६÷७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुने छ । सिद्धार्थ क्यापिटल, नक्साल काठमाडौंमा दिउसो ३ बजे सुरु हुने छ ।


प्रतिक्रिया दिनुहोस्