कोरोना भाइरस मोबाइल स्क्रिनमा २८ दिनसम्म बाँच्न सक्छ « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

कोरोना भाइरस मोबाइल स्क्रिनमा २८ दिनसम्म बाँच्न सक्छ



काठमाडौं । कोरोना भाइरस मोवाइलको स्क्रिनमा २८ दिनसम्म बाच्न सक्ने एक अध्ययनले देखाएको छ । त्यस्तै पैसा, सिसा र स्टिलको सतहमा पनि २८ दिनसम्म बाँच्न सक्ने अध्ययनले दाव गरेको हो ।

अष्ट्रेलियाली शोधकर्ताका अनुसार कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने देखिएको हो । त्यसैले कोरोनाबाट बच्न बारम्बार हात धुने र सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका शोधकर्ताहरुले यो अध्ययन गरेका हुन् । यद्यपि यो अध्ययन अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । यद्यपि पछिल्लो एक अध्ययनले भने सूर्यको प्रत्यक्ष किरणले पनि कोरोना भाइरस मर्न सक्ने देखाएको छ ।

यो अध्ययनअनुसार २० डिग्री सेल्सियरको स्थिर तापक्रममा बैंक नोट वा मोबाइलको स्क्रिनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने पाइएको हो । इन्फ्लुएन्जाको भाइरस बढीमा १७ दिनसम्म सतहमा जीवित रहन सक्छ ।

२०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा गरिएको अध्ययनमा ४० डिग्री सेल्सियस तापक्रममा कोरोना भाइरस छिटो मरेका थिए । जसको कारण गर्मी मौसमको तुलनामा जाडोमा कोरोना संक्रमण फैलिने जोखिम बढी रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ । बीबीसी


प्रतिक्रिया दिनुहोस्