सरकारले बनायो बिरामीका लागि हवाई उद्धार मापदण्ड « Arthapath.com
२६ आश्विन २०७७, सोमबार

सरकारले बनायो बिरामीका लागि हवाई उद्धार मापदण्ड



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ । त्यसका लागि एयर लिफ्टिङ गर्नेसम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ ।

कोरोना संक्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीका लागि सुरक्षित रूपमा तत्काल विमानमार्फत उद्धार गरी उपचार गर्नुपर्ने भएकाले उक्त निर्देशिका जारी गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

मापदण्ड गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि लागू हुने जानकारी दिँदै उनले साधारण र मध्यम प्रकृतिका बिरामीका लागि एयर लिफ्टिङ नगरिने बताए । संक्रमितले उपचार गरिरहेको अस्पतालमा उपचार सम्भव नभएको भनी उपचाररत चिकित्सकले अनिवार्य रूपमा सिफारिस गरेको हुनुपर्ने डा। अधिकारीले बताए ।

विमान अवतरण गर्ने स्थानबाट बिरामीलाई अस्पतालसम्म पु¥याउन मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई अग्रिम निश्चित गरेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको उनले बताए ।

यस्तै, एयर लिफ्टिङ गर्दा विमान, हेलिकप्टर, एयर एम्बुलेन्सले जनस्वास्थ्यका मापदण्ड अपनाई कोभिड–१९ बिरामीको ओसारपसार गर्नुपर्ने हुन्छ । उक्त मापदण्डमा विमानमा एक जना मेडिकल अफिसरसहित कम्तीमा दुई स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने र उक्त व्यवस्था विमान कम्पनीले नै गर्नुुपर्नेछ ।

विमानमा अक्सिजनका साथै लाइफ सेभिङ मेडिसिन, पर्याप्त मात्रामा पिपिई, सेनिटाइजर, डिसइन्फेक्टेड लगायत औषधि तथा औषधिजन्य सामग्री अनिवार्य रूपमा हुनुपर्ने, विमान चालक दलका कर्मचारी, स्वास्थ्यकर्मी, बिरामी तथा बिरामीका आफन्तले अनिवार्य रूपमा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्